घट्यो बाँकेमा कोरोना संक्रमण दर ७५ प्रतिशत निको भए
प्रकासित मिति : २०७७ भाद्र १४, आईतवार १७:४३
प्रकासित समय : १७:४३
बाँके , बाँकेमा कोरोना संक्रमित संख्या एक हजार पुगेको छ। आइतबार १० जना कोरोना संक्रमित फेला परेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। यीमध्ये ७ सय २७ जना निको भएर घर फर्किएका छन्।
बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा बसेर २ सय ६७ जनाले उपचार गराइरहेका छन्। दुई महिला र चार पुरुष गरी ६ जना संक्रमितको मृत्यु भएको छ। बाँकेमा मृत्युदर ०.६० प्रतिशत भएको श्रेष्ठले बताए। त्यस्तै रोग संक्रमण दर ०.२० प्रतिशत मात्र भएको स्पष्ट पारे। उनले यहाँ बिरामीको निको हुने दर ७२.७० प्रतिशत रहेको पनि जानकारी दिए।
उनले १३ भाद्रसम्म १९ हजार ३९१ वटा स्याम्पल कलेक्सन भएकोमा १८ हजार १ सय ८६ जनाको आरटी–पिसिआर जाँच भएको बताए। ‘बाँकेमा संक्रमण, मृत्यु र निको हुने दर हेर्दा आत्तिनु पर्ने देखिँदैन, तर सजगता अपनाउन जरुरी छ,’ उनले भने।