केन्द्रीय कारागारका थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण

काठमाडौं,  केन्द्रीय कारागार सुन्धाराका थप ३५ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो ।

आइतबार थप पुष्टि भएकासहित केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको जेलर लक्ष्मी बाँस्कोटाले जानकारी दिए । संक्रमितमध्ये २ जना कैदीबन्दी कोरोनामुक्त भइसकेका छन् ।

गृहमन्त्री रामबहादुर थापाल ‘बादल’ ले कैदीबन्दीलाई कारागार बाहिर अस्पताल र अदालतमा ओहोर–दोहोर गराउँदा संक्रमण बढेको बताएका छन् । आइतबार राज्य ब्यवस्था समितिको भर्चुअल बैठकमा थापाले सो कुरा बताएका हुन् ।