काठमाडौंमा थपिए ४२९ कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका हुन् ।

आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर १२ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जना गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।