विद्युत र खानेपानी भत्काएको भन्दै पन्चदेवल विनायकका दुई वडा अध्यक्षविरुद्ध मुद्धा दर्ता

अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५ का र वडा नं.६ का अध्यक्ष विरुद्धमा जिल्ला प्रहरी कार्यालय अछाममा मुद्भा दर्ता भएको छ । वडा नं. ५ का वडाध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नं.६ का अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणधिन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीयबासिन्दाले  मुद्भा दर्ता गरेका हुन ।

 द्भय अध्यक्षले खानेपानी टयाङकी र बिदुतकाे नहर भत्काएकाे भन्दै स्थानीयले मुद्भा दर्ता गरेकाे जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थिले बताए । 

अवस्थिका अनुसार बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो भत्काएको भन्दै उनि लगायत १० जनाको नाममा र वडा वडा अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काएको भन्दै उनि लगायत ८ जनाको नाममा किटानि सहित मुद्र्धा दर्ता भएको छ ।

वडा अध्यक्ष वुढाको नेतृत्वमा पञ्चदेवल विनायक नगरपालिकाको मुख्य विद्युत आपूर्तिको माध्यम क्षतविक्षत बनाइएपछि ६ दिनदेखि नगरपालिकाका पाँच वटा वडा अन्धकारमय भएको स्थानीय शेरबहादुर वुढाले जानकारी दिए । वडाध्यक्षकै नेतृत्वमा गएको समुहले जलविद्युतको करिब एक सय मिटर कुलो भत्काएको वुढाको भनाई रहेको छ ।

आफ्नो वडालाई मुहानबाट खानेपानी ल्याउन नदिएको झोंकमा विद्युतको कुलो भत्काएको बुझिएको छ । लघु जलविद्युतको बाध, प्यानास्टिक पाइप भत्काइएको छ । यस्तै वडा नं.६ का अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काईको स्थानीयको आरोप छ । उक्त आयोजना भत्काउदा २० लाख वढीको क्षेति भएको स्थानीय बखत विष्टले जानकारी दिए । पाईपलाईन, ईन्टेक, सिमेन्ट, निर्माणधिन सामग्रीमा क्षेति पुगेको छ ।

आफू अनुकल आयोजना नभएपछि वडा अध्यक्षले वडाको वैठकबाट निर्णय गरेर जामुने खानेपानी योजना भत्कएको विस्टले जानकारी दिए  । विद्युत गृह र खानेपानी योजना भत्काउने वडा अध्यक्षलाई कार्वाहीको लागि अदालको अनुमति लिएर पक्राउ गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अवस्थिले जानकारी दिए  ।

अवस्थिले आज शनिवार भएका कारण पक्राउको लागि अनुमति पूर्जि लिन सकिएन । भोली अनुमति पूर्जि लिएर पक्राउ गरिने जानकारी दिए  । त्यस्तै आज नै नेकपा कम्युनिष्ट पार्टी नेकपा पञ्चदेवल विनायक नगर कमिटीले विद्युत गृह र खानेपानी योजना भत्काउनेलाई कार्वाहीको लागि माग गरेको छ । नगर कमिटी अध्यक्ष नितेश रिमाल र सचिव गोरख बहादुर रावलले जारी गरिएको विज्ञप्तिमा नगर प्रमुख र उपप्रमुखको आपसि विवादमा भौतिक संरचना भत्काउने कार्य आपत्तिजनक भएको उल्लेख गरिएको छ ।