कर्णालीमा थपिए १३ जना कोरोना संक्रमित , १८ जना डिस्चार्ज

सुर्खेत,  कर्णाली प्रदेशमा सनिवार १३ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ। कर्णाली प्रदेशका ४ वटा प्रयोगशालामा १५४७ जनाको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमित हुनेमा सुर्खेतका ७ जना, जुम्लाका १ जना, बाराका १ जना, मोरङका १ जना र रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण देखिएको हो। कर्णालीमा सनिवार नै १८ जना कोरोना संक्रमित डिस्चार्ज भई घर फर्केको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत सुनिल लिम्बुले बताए।

यो सङ्गै कोरोना संक्रमित हुनेको संख्या २३७६ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या २०१८ पुगेको छ। हाल कर्णालीमा संक्रमितको संख्या ३१२ जना रहेको छ।