दाङमा थप १९ जनामा कोरोना पुष्टि

 दाङ , दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा स्वास्थ्यकर्मी र ब्यापारी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो जसमा घोराहीका ११, तुलसीपुरका ७ र चितवन घर भएका १ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा घोराही–१० का ५ जना, घोराही–१५ का ३ जना, घोराही–८ र ११ का २ जना रहेका छन् । उनीहरु सबैको कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरीएको थियो ।संक्रमितहरु बैंक कर्मचारीका परिवार, नारायणपुरका व्यापारी र स्थानीय रहेको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिए । समुदायस्तरका ८५ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा संक्रमण देखिएको उनले बताए ।

यस्तै तुलसीपुरमा ७ जनामा संक्रमण देखिएको छ । प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगर ५ का ३२ र ३७ बर्षका दुई जना, वडा नम्बर ६ का ३५ र ४१ बर्षका दुई जना, वडा नम्बर ९ का ५६ बर्षिय एक जना र वडा नम्बर १९ का ३५ बर्षिय एक जनामा संक्रमण पुष्टि भएको हो ।उनीहरुमध्ये २ जना राप्ती प्रादेशिक अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेको अस्पताल स्रोतले जनाएको छ ।