नेपालमा कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु

काठमाडौं , गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

वीरगञ्जमा १ पुरुषसहित २ महिला, धरानमा १ पुरुष, ललितपुरमा २ महिला, चितवनमा १ महिला, कास्कीमा १ पुरुष,गोरखामा १ पुरुष र पाल्पामा १ महिलाको ,भक्तपुर १ एक महिला ,पर्साका १  पुरुष  मृत्यु भएको हो। शुक्रबारसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ।

विभिन्न अस्पतालबाट प्राप्त तथ्यांकअनुसार थप १० संक्रमितको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ।