गण्डकीमा प्रहरी र बैंकका कर्मचारीसहित ७ जना कोरोना संक्रमित

पोखरा, कास्की र लमजुङका थप ७ जनामा कोरोना भाइरसको संक्रमित भएका छन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका एक महिला र लमजुङका पाँच पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये लमजुङ जिल्लाका सबैजना नेपाल प्रहरीमा कार्यरत छन् भने कास्कीका संक्रमित मेघा बैंक, पोखरा, बगर शाखामा कार्यरत कर्मचारी हुन् ।