बारेकोट गाउँपालिकामा चरम अनियमितता भएको राष्ट्रिय यूवा संघको आरोप

जाजरकोट, जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका भित्र चरम अनियमितता भएको भन्दै राष्ट्रिय यूवा संघले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । शुक्रवार विज्ञप्ती जारी गर्दै, यूवा संघले गाउँपालिकाले एकपछि अर्को क्रमिक रुपमा अनियमितता गरेको प्रति आपत्ती जनाएको हो ।

विश्व समुदाय कोरोना भाइरस कोभिड १९ संग जुधीरहेको वेला प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरक्त डाक्टर नवीन साहनीलाई २४ घण्टे अल्टिमेटम दिई निष्काषित गरेको, हालिसल्ला देखि लिम्सा सडक पास गरिदिन्छु भनेर ठेकेदारसंग घुस माग्ने प्राविधिकलाई थमौटी गरेको, कोरोना संक्रमणको वेला क्वारेन्टिनमा नक्कली विल भरपाई बनाई गाउँपालिका र आफु निकट स्वास्थ्यकर्मीको मिलेमतोमा व्यापक भष्टचार गरेको राहत बितरणमा राजनितिकरण गरेको भन्दै राष्ट्रिय यूवा संघले आपत्ती जनाएको छ ।

त्यस्तै उक्त विज्ञप्तीमा गाउँपालिका भित्र सरकारी नम्बर प्लेटलाई मेटेर निजीकरण गरेको, जनता आवास कार्यक्रम घरवार विहीनलाई नभई पार्टी प्रवेश गराई वितरण गरेको उल्लेख गरिएकाे छ ।  दलित परिवारलाई नेकपाबाट नेपाली काँग्रेसमा प्रवेश गरेपछि मात्र स्वास्थ्यमा नियक्ती दिन्छु भनेको, स्वास्थ्य सामान खरिद गर्दा कोटेशन नगरी आफु निकट स्वास्थ्यकर्मीलाई मनोमानी ढंगले खरिद गर्न दिएको, विभागीय कर्मचारीलाई विभाग परिवर्तन गरी आफु निकट स्टोरकिपरमा कमिसनको चलखेलमा परिचालन गरेको आरोप लगाइएको छ ।

गाउँपालिका भित्रका अनियमिततालाई पर्दाफाँस गर्ने गाउँकमिटी संयोजक विनोद शाहीले बताए । सम्बन्धीत निकायले छानविन गर्नूपर्ने र यसो नगरे गाउपालिकाका प्रतिनिधिले ठुलो मुल्य चुकाउनु पर्ने इन्चार्ज सन्देश सिंहले जानकारी दिएका छन  ।

      यस्ताे छ बिज्ञप्ती

 अध्यक्ष शाह भन्छन् ठिकै हो

बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले बिज्ञप्तिमा उठाएका सबै बिषय गलत  नभएको स्वीकार गरेका छन । उनले कुसेन्युजसंगको कुराकानीमा भने केही कुरा राम्रा र गाउँपालिकाको हितमा हुने बिषय पनि छन। सो बिषयलाई म स्वभाविक रुपमा लिन्छु । अझ हामिलाई काम गर्न सचेत गराएको जस्तो लाग्छ। यसमा म लगायत अन्य जनप्रतिनिधिको कुनै दोष छैन।

उनि भन्छन यी सबै उठाएका बिषय आत्मकेन्द्रीत बिषय जस्तो लाग्छ। स्वास्थ चौकिमा लिम्सामा कार्यरत डाक्टरको कुरा पनि उठाउनु भएको छ उहाँ सरुवा भएर जानू भएको हो लखेटिएको होइन । डाक्टर साबले बिरामीसङ्ग गर्ने व्यवहारको बिषयमा कुरा बुझ्न जाँदा मैले गाली गरेको थिएँ ।

सोही अस्पतालमा कार्यरत स्टाफ बिचमै बढी मनमुटाव भएको देखिन्थ्यो। साथिहरुले राहतको बिषयमा पनि कुरा उठाउनुभएको रहेछ। युवा संघका साथिहरु सहयोगी दाताहरूले गरेका सहयोग माथी आफू राजनीति गर्नुहुन्छ अनि दोष हामिलाई दिनुहुन्छ उनकाे भनाइ छ ।

विश्व खाद्यले चामल उपलब्ध गरायो अब गराउँदै पनि छ सो वितरण गर्दा वडाबाट आएको रिपोर्टका आधारमा वितरण गरिने छ र उहाँहरुका विषयलाई लिएर हामी अवश्य एकचोटि बस्छौँ। उहाँहरुलाई पनि बोलाउँछौँ अनि छलफल गर्ने छौँ।