पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १३, शनिबार १२:३५
प्रकासित समय : १२:३५
पोखरा, पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १४ निवासी ५८ वर्षिय पुरुषको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयू वार्डमा उपचाररत ती पुरुषको शनिबार बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्रा डा अर्जुन आचार्यले जानकारी दिए ।
स्वास्थ्य समस्या आएपछि भदौ ७ गते अस्पताल भर्ना भएका ती पुरुषमा उपचारको क्रममा भदौ १० गते कोरोना पुष्टि भएको थियो ।