कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु

सुनसरी, सिरहाका एक कोरोना संक्रमित वृद्धको सुनसरीको धरानमा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारकै क्रममा शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया–६ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिएका छन् ।