काठमाडौं र भक्तपुरका दुई कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १३, शनिबार ११:३६
प्रकासित समय : ११:३६
काठमाडौं, ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उच्च रक्तचापको समस्या रहेको काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे मृत्यु भएको हो भने भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।भक्तपुरकी महिलामा कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालले जनाएको छ