वीरगन्जमा कोरोनाबाट दुई जनाको मृत्यु

वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भैरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । उपचारको क्रममा राति ११ः५५ बजे उनको मृत्यु अस्पतालले जनाएको छ ।

अर्का ३७ वर्षीय युवकको स्वास्थ्यमा समस्या केहि दिनअघि तराई अस्पतालमा उपचार भैरहेको थियो । शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारको लागि काठमाडौं रिफर गरिएको थियो । काठमाडौं ल्याउने क्रममा राति ११ः४१ बजे मुग्लिङमै मृत्यु भएको हो ।