मेरो सम्झानामा डियर ‘समीक्षा’
खै जिन्दगीको कुन अध्यायबाट सुरु गरुँ यो मनका अब्यक्त भावनाहरु ! बास्तबमा समय अञ्जुलीमा लिएको पानी झै पोखिदैँ विलीन हुँदै गयो, तिम्रा यादहरु झन-झन बल्झिदै गए, हाम्रो सम्बन्धको सामिप्यताले लत्याउँदै गयो एक अर्कालाई । डिएर समीक्षा ! कहिलेकाहीं त यस्तो लाग्छ कि मानौ, बिश्वास भन्ने शब्दको नै संसारबाट चिरहरण भईसक्यो । राकम बजारमा भोलि भेट्ने भनेर छुटिएका हामी, आज महिनौ र बर्षौहरु बितिसक्दा पनि बेखबर छौ- एक अर्काको बारेमा । भेट हुने झिनो आशामा आखिर कतिवटा भोलि बिते, हिसाब छ तिमिसित ? प्रेम सम्बन्धमा त्याग, समर्पण, अपार आस्था र सहनशीलता हुन्छ, सोच्दथें । तर अफसोच प्रेम सम्बन्धमा उपेक्षा, तिरस्कार, मानहानी, बदनामी र संकुचित स्वार्थहरु पनि हुँदा रहेछन ।
हुन त यी स्वभावहरु पनि प्रेमी-प्रेमिकाको प्रेमपद्वतिमा भरपर्छन होला ! कुनैबेला यस्तो लाग्दथ्यो कि यो संसार, यो सृष्टि, यी संसारिक आनन्दहरु अनि प्रेम सम्बन्ध भित्रका मिठासपुर्ण अनुभवहरु हामिले मात्र भोग गर्न पाएका छौ । तर, यी संसारी आनन्दहरु हाम्रो पोल्टोमा पर्ने आशहरु त फगत भ्रामक सपनाहरु रहेछन् , झुटा र असम्भव रहेछ्न । हुन त सपनाहरु आफैमा झुटा र असम्भव हुँदैन, तिनीहरुलाई पूरा गरि सत्य साबित गर्ने जिम्मेवारी त स्वप्नदर्शकहरुकै हुनुपर्ने हो तर सकिएन, पूरा गर्न -तिम्रो अभावमा भनौ या असहमतिमा भनुँ ! फलतः सबै अधुँरा भए, जीवनमरणसम्म संगै सहयात्रा गर्ने र संगै संसारिक खुसी र आनन्द बटुल्ने सपना यत्तिकै विक्षिप्त भएछन ।
हुन त हामी एउटै गन्तव्यका लागि निस्केका सहयात्री थियौ, तर समय र परिस्थितिले सदाका लागि नराम्ररी अलग्याईदिएछ, हामिलाई । अर्थात संसारीक सुख भोगका लागि तिम्रो जीवनले नयाँ उचाई लियो भने मेरो जिन्दगी भुँइमानिसको स्थितिमा यथावत नै रह्यो ।
मायाको पबित्र साइनोलाई बजारको सस्तो पुतली(खेलौना) बनाएर पैतालाले कुल्चेर गयौ तैपनि ठिकै छ, तिमी पराइ हुनु वा टाँढिनुमा कुनै गुनासो हैन र छैन पनि । यो दिलमा भाला रोपेर तिमी फरार भयौ केही भएन तर जुन तिमिले मानाहानी गर्यौ त्यसप्रती ठूलो दुखेसो छ, पीडा र तनाव छ । तिम्रा बैंशालु रहरहरु, जवानिको सुमधुर सुगन्ध मिश्रीत अमिट भावनाहरु मैले नजिकबाट नियालेको छु । त्यो अतितलाई राम्ररी कन्ठस्थ याद गरेको छु । तर के गर्नु जवानिको सारा सुगन्ध तिम्रै पछेउरीमा अल्झेको भएपनि मेरो जिन्दगीबाट सदाका लागि गायब गरिदियौ, प्रिया ।
……..
…..सप्तरंगिन चोली-सारी,सिंदुर, पोते, चुरा एवम् यावत शृङ्गारमा सजिएकी तिमी पहिलो पटक फुपुको घर अगाडिकै बाटो भएर माइत आउदा हजुरको भदैले ठेगान बिनाको कुरा गर्नु भो, प्रतिक्षामा बस्न सक्थे हाम्रा बिच नियमित संन्चार हुन पनि छोड्यो, मनमा अनेक शंकालु तर्कनाहरुले राज जमाउदै गए परिस्थितिवस जवानिलाई उसको लागि हिफाजत गरी राख्न सकिँन । भनेर बयान दिएकी रहिछ्यौ, यो सबै खबर फूपू र बहिनी(फुपुको छोरी) को मुखबाट सुन्दा यो मुटु छियाछिया भयो, प्रिया । अँ साँच्चै मन थाम्नै गाह्रो भो । अझ तिम्ले अगाडि थपेर भन्यौ रे “मेरो त घरबाट पनि बिहे गराइदिने फिक्स कुरा भैसकेको थियो, केटा हेर्ने समयावधिभित्त बाआमाको मन राख्नलाई भएपनि केटो ठिकै लाग्यो, भनिदिँए ।” हाइएर एडुकेटेड खानधान, व्यापार-ब्यबसाय तथा जागिर सहित घरका थप आयस्रोत पनि रहेछन । तपाईंको भावुकको साथ भन्दा नि आफ्नो बहालवाला मेक्सम स्वामिको साथ नै जिवनयापनका लागि उचित ठाँने र अविलम्ब बिहेको प्रस्ताव स्विकार्दै डोलिमा अन्माउन बाध्य भएको कुरा बतायौ रे ! हुन त शैक्षिक योग्यताका प्रमाणपत्रहरु, अपार धनदौलत, अर्काको अथाह पैतृक सम्पत्ति, ब्यापार-ब्यबसाय र जागिरसंग प्रेम हुने हैन । यो त केवल मन र भावनाहरुसंग हुने है र ? तैपनि तिम्रो रोजाइमा त्यस्तो ठहरिए छ, समिक्षा । हुन त तिम्रो जीवन, तिम्रो खुसी, तिम्रो रोजाइ यसमा मेरो के नै हक लाग्थ्यो र ? पहिले नै हाम्रो सम्बन्ध टालटुल गरि जेनतेन चलिरहे पनि आजिवनका लागी हाम्रो एकता चै अप्रासंगिक तथा अप्राकृतिक नै थियो । तैपनि खाए खा नखाए घिँच भन्ने फर्मुलामुताबिक नै चलिरह्यो । हुन पनि सामाजिक बर्गान्तरका बिच हाम्रो सम्बन्ध कसरी सदाका लागि जिवन्त हुन्थ्यो र ? तिमी कस्तो सम्पन्न, पुँजिबादि संस्कारमा हुर्केकी चेली अनि म कस्तो निच, दरिद्र, शासित समाजमा हुर्केको मान्छे ! रोजाइ र परिणाम त यसै फरक त्यसै फरक । एउटा दर्शन अनुसार समाज बर्गमा बिभाजित हुन्छ भनिएको छ “शासक वा शासित तथा सम्पन्न वा बिपन्न बर्ग” हो रहेछ, स्वयम् आफै यसको भक्तभोगी हुदा यसको गहिरो प्रभाव यो मस्तिष्कमा नराम्ररी परेको छ ।
आखिर अल्पकालीन कामवासनाका अभिप्रायले लिप्त सम्बन्धहरु पनि जोडिदा रहेछन, मानव चोलारुपी यो समाजको अंग बनी जन्मिएसी । त्यो हाम्रो काल्पनिक मिलन अथवा एकता असम्भव हुने थाहा हुदाहुदै पनि पबित्र मनले रोपेको प्रेमिल बिरुवा झै लाग्ने हाम्रो सम्बन्धको संरक्षणका लागि बफादार बनेकै थिँए । तिमिले फूपू समक्ष दाबी गरेका लाल्छनाहरुले गर्दा यो जिन्दगीका दर्जनौ रहरहरु आज बिटुँला बनेका छन, प्रिया । ती अनपेक्षित आरोपहरुले हाल बेस्सरी घोचिरहेका छन यो मनलाई । कसरी स्विकारुँ प्रिया यी आधारहिन दोषहरु ? हाम्रो सम्बन्धलाई जिवित तुल्याउन जुनिभर एकतामै प्राण त्याग्नलाइ मैले पनि अनेकन चेष्टाहरु गरेकै हुँ । अपशोच ती त सबै निकम्मा साबित भए । अचेल मेरो दैनिकी कसरी बेतित हुदैछ, म स्वयंम लाई थाहा छैन । जिन्दगिका अपार खुसिहरु कुनै खास ब्यक्तिलाई सुम्पिनुको नतिजा होला, सायद यो ! म तिम्रो तुलनामा अन्डर एजुकेटेड नै थिएँ तैपनि सम्बध जोडियो तर क्षणभरका लागि मात्र ! म त दीर्घकालीन होला भन्ने झिनो आसा र भ्रममा पो बाचिरहे छु ।
बास्तवमा तिम्रा लागि भनौ या हाम्रो सम्बन्ध जिबित पार्नका लागि भनुँ हजार प्रयास मैले पनि गरेकै त थिए । कहिले स्विच अफ हुने कहिले ब्यस्त हुने त कहिले उपलब्ध तथा सम्पर्क हुन नसक्ने तिम्रा मोबाइल फोन/नंबर प्रती म पनि तिक्त भएँ । तिम्रो बारेमा बेखबर भैदिदा फेसबुक पनि फेक बुक तुल्य लाग्थ्यो, कहिलेकाही । प्रेम प्रतिक्षालयको मेरो पर्खाइ अनि प्रेमालयको तिम्रो भुलाइले कसरी हामी एक हुन्थ्यौ र, आखिर ! खासमा तिम्ले पनि आफ्नो हबिगत देखाएरै छोड्यौ प्रिया । पुस महिनाको कठ्याङ्ग्रीदो चिसोमा होस या साउने झरिमा होस तिम्रो प्रतीक्षा मैले नगरेको कुनै पल थियो र ? यो नाथे समाजका अनेकथरि आरोप प्रत्यारोपको सामना गरेरै भए पनि हाम्रो सम्बन्धलाई मुर्तरुप दिने साहस बटुलेकै थिएँ, जसमा तिम्रो अधैर्यताका कारण हार बेहोर्नु पर्यो ।
हाम्रा हरेक गोप्य भेटहरुमा तिम्ले यो जुनिलाईसंगै भएर बाच्ने अनुमति यो समाजले नदिए पनि यी सपनाहरु अर्को जुनिका लागि यथावत साँची राखौंला भन्थ्यौ नि । यो जुनिलाई एकै पटक भएपनि तिम्रो बिदाइ र खुशी का लागि हाँस्न नदिने तिमिले अर्को जुनि कसरी संगै कटाउन दिन्छौ र ? सक्न त म तिम्रो लागि सयौ बाक्यांश हरु खर्च गर्न सकुँला । र, पनि हाम्रो सम्बन्ध अनि तिम्रो यौवनको म बयान गर्न म हजारौ प्रयासबाट नि गर्न सक्दिन प्रिया । अक्सर समय मात्र बर्बादी हुने छ । यत्रो तमझामका साथ डोलिमा अन्मायौ यत्रो गाउँ समाजले तिम्रो रोजाइ र खुसिहरुको दृश्यलाई एकटक भए पनि नियाल्ने अबसर पायो ।
बधाई र शुभकामनाका लागि महंगा महंगा शब्दहरु टक्रायो । दु:खको कुरा भन्छु, सो अबसरबाट मलाई चै बन्चित गराएरै छोड्यौ नि है ? कुरा यस्तो पनि छ कथाको अन्त्य भएको हैन प्रिया ! मात्र मध्यान्तर भएको हो । कथाको अन्त्य भएपछि समयले आफै कारण र परिणामको समिक्षा गर्नेछ, समिक्षा । मेरो शैक्षिक योग्यताले तिमिलाई ओगट्न सकेन, मेरो पारिवारिक तथा सामाजीक पृष्ठभुमिले तिमिलाई आकर्षण गर्ने सकेन, मेरो उमेर तथा जवानिले तिम्रो जवानिलाई काबुमा राख्न सकेन, तिम्रा रोजाइहरुले मेरो झिनो आसालाई समेट्न सकेनन, ठिकै छ । र, पनि तिम्रै शब्दमा भन्नुपर्दा म जस्तो आवारा, छोटा मान्छेलाई अंगाल्यौ -क्षणभरका लागि भएपनि । यसर्थ तिमिप्रती आभारी वा कृतज्ञ हुनु पर्ने त होला हैन ! फेरि पनि तिमी जे जस्तो चाहन्छौ त्यस्तै भेटिने छु प्रिया जुनिभरिलाई ।
अन्तमा तिम्रा हरेक रोजाइ र नवदर्शित सपनाहरु साकार होउँन समिक्षा ! तिम्रो जिन्दगीले नयाँ गति लेवस ! सफल होवस ! तिम्रो सफल जिन्दगिका पाइलाहरुले सधैं समुद्रको गहिराईमा टेकेर हातहरुले सगरमाथाको उचाईलाई चुमिरहुँन, प्रिया । यी मेरा कानहरुमा पनि तिम्रै सफल जिन्दगिका शुभ समाचारहरु गुन्जिरहुन ।
अल द बेस्ट डिएर !