भारतबाट आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १३, शनिबार १९:०६
प्रकासित समय : १९:०६
धनगढी, भारतबाट घर आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतको राजस्थानबाट शनिबार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका रावल धनगढीको मोहनापुलमा आइपुग्दा बेहोस भएका थिए।
क्षयरोगको समस्या रहेका रावललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।