देशभर १७५ जना आईसीयूमा, २२ जना भेन्टिलेटरमा

काठमाडौं, देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्।

त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५ जना संक्रमित छन्। हिजो शुक्रबार २२ जना संक्रमित भेन्टिलेटरमा र १६४ जना आईसीयूमा थिए।