थप ८८४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४०
प्रकासित मिति : २०७७ भाद्र १३, शनिबार १६:२७
प्रकासित समय : १६:२७
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५५ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १६ हजार ५७८ संक्रिय संक्रमित छन् । आज नेपालमा १० हजार ५७१ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ८ हजार ३५ रहेका छन् । होम आइशोलेशनमा ६ हजार ४४५ रहेका छन् ।