काठमाडौं उपत्यकामा थप १८६ जना कारोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकामा आज शनिबार १८६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १५५जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र काठमाडौँ उपत्यकामा ४१५ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

नेपालमा पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। ३१३ जना संक्रमण मुक्त भएका छन् ।