बाँकेमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९७५
प्रकासित मिति : २०७७ भाद्र १२, शुक्रबार १९:४५
प्रकासित समय : १९:४५
नेपालगन्ज, बाँकेमा शुक्रबार १९ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा गरिएका १५ र बागेश्वरी ल्याबबाट गरिएका ४ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।
श्रेष्ठका अनुसार जसमा महिला १० जना र ९ जना पुरूष रहेका छन । योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ९७५ जना पुगेको छ । बाँकेमा हालसम्मा ६९३ जना निकाे भएका छन भने काेराेना संक्रमणबाट ६ जनाकाे निधन भएकाे बताइएकाे छ ।