दाङमा भदौ १४ गतेदेखि एक हप्ता पूर्ण लकडाउन हुने
दाङ, दाङमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई भदौ १४ गते आइतबार देखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ । घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन गरिने लागिएको हो ।
आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितको बैठकले आइतबार १४ गते राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा अत्याश्यक बाहेकका सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए । समितिले बजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ एम्बुलेन्स, दमकल, प्रेसका सवारी साधन बाहेक अन्य सवारी साधन पनि चल्न पाउने छैनन् ।
यस्तै बैठकले जिल्लामा आरटी, पिसीआर परिक्षणको दायरा बढाउने निर्णय समेत गरेको छ । परिक्षण रिपोर्ट हेरेर जिल्लामा लकडाउनको अवधि थप गर्ने नगर्ने निर्णय हुने अध्यक्ष प्रियासनले जानकारी दिए । समुदायस्तरमा कोरोना संक्रमण फेला परेपछि घोराहीको नारायणपुर क्षेत्र, राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ का ५ वटा टोल सिल समेत गरिएको छ ।
प्रशासन सूचना यस्तो छ


