मोरङको कसेनीमा दुई समुहबीच झडप : एकको मृत्यु चार घाइते
मोरङको कसेनीमा दुई समुहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झडप हुँदा बेलबारी ५ कसेनीका ३५ बर्षीय चन्द्रकुमार राईको मृत्यु भएको वडा अध्यक्ष विश्वबन्धु बस्नेतले जानकारी दिए । यस झडपमा परि एकै परिवारका चार जना घाइते भएका थिए ।
वडा अध्यक्ष बस्नतेका अनुसार घाइते मध्ये चन्द्रकुमारको उपचारका लागि बिराटनगर लैजाने क्रममा वाटोमा मृत्यु भएको छ भने अन्य तीन जनाको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरु मध्ये शैकु राई, गौरव राई बाउ छोरा हुन भने अन्य एक जना त्यहि परिवारकै सदस्य घाइते भएका छन । झडप गर्ने समुहका अर्का जितेन्द्र चौधरी समेत घाइते भएका छन । झडपको कारण भने खुल्न सकेको छैन् । घट्नास्थलमा प्रहरी पुगेको छ ।
घट्नास्थलमा पुगेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले जानकारी दिए ।
उनले यसबारेमा थप बिवरण आउन बाँकी रहेको जनाए ।