अब थप तीन अस्पतालमा कोरोना उपचार हुने

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो ।

त्यस्तै कोभिड उपचारमा समन्वय गर्ने सिलसिलामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाल चिकित्सक संघ, स्वास्थ्यकर्मी संघ, नर्सिग संघ लगायतको बैठक बसेर केही स्वास्थ्यसम्बन्धी निर्णय गरेको जनाएको छ ।

त्यस्तै शुक्रबार थप तीन वटा अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाकारी दिएका छन् ।