कास्कीमा कोरोना संक्रमित पुरुषको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १२, शुक्रबार १४:१०
प्रकासित समय : १४:१०
पोखरा, कास्कीमा कोरोना भाइरसको संक्रमणबाट पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षिया पुरुषको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका ती पुरुषको शुक्रबार मध्याह्न १२ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्रा डा अर्जुन आचार्यले जानकारी दिए ।