देशभर २२ जना संक्रमित भेन्टिलेटरमा, १६४ जना आईसीयूमा
प्रकासित मिति : २०७७ भाद्र १२, शुक्रबार १६:५३
प्रकासित समय : १६:५३
काठमाडौं,देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा २ जना संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १६४ जना संक्रमित छन्।