अछाम जेसिजको आयाेजनामा राहत वितरण
प्रकासित मिति : २०७७ भाद्र ११, बिहीबार १७:३०
प्रकासित समय : १७:३०
अछाम, जेसिज अछामको आयोजनामा राहत वितरण गरिएको बिहीबार जेसिज अछामको आयोजना, बिआरसी नेपाल/राताे बाल्टी कार्यक्रमकाे आर्थिक सहयाेग र मंगलसेन नगरपालिकाकाे समन्वयमा १०० विपन्न महिलाहरूलाई सहयाेग गरिएको छ ।मंगलसेन नगरपालिका वडा न १३ वस्तिमा कोभिड-१९ का कारण जिविकाेपार्जन गर्न कठिन भईरहेकाे अवस्था एक सय जना महिला, बालबालिकाहरुलाई खाद्यान्नका सामाग्री सहित राहत बाडिएको हो ।
अछाम जेसिस बर्ष २०२० का अध्यक्ष तुलाराम बिसिको अध्यक्षतामा राहत वितरण कार्यक्रममा मंगलसेन नगरपालिका मेयर पदम बहादुर बोहरा, वडा नम्बर १३ का वडाध्यक्ष प्रेम बहादुर थापा, वडा नम्बर १ का वडाध्यक्ष गोपाल थापा, वडा नम्बर २ का वडाध्यक्ष मान बहादुर बोगटी लगाएतको सहभागीता रहेको थियो ।