दाङमा शनिबार देखि लकडाउन गर्ने तयारी
प्रकासित मिति : २०७७ भाद्र ११, बिहीबार १७:२५
प्रकासित समय : १७:२५
दाङ, दाङमा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गते शनिबार देखि लकडाउन गर्ने भएको छ ।
कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबार देखि लकडाउन गर्ने तयारी गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
पर्सी शनिबार देखि लकडाउन गर्ने विषयमा भोली जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ, प्रजिअ रिजालले भने –संक्रमणदर बढ्दै गएको अवस्थामा लकडाउन बाहेक विकल्प रहेन । सार्वजनिक स्थानमा भिडभाड बढ्दै गएको हुँदा संक्रमण रोकथामका लागि जिल्लामा अत्यावश्यक बाहेक अन्य सबै बन्द गरिने प्रजिअ रिजालले भने ।