सहिदहरू सम्झाउने त्यो पार्क : सम्मानको अग्रपंक्तिमा पचालझरना !

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनयुद्धका सहिदहरुको सम्झनामा पार्क निमार्ण गरेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा पचालझरना गाउँपालिकाको वडा न ९ स्थित भुराबगरमा ३ विगाह भन्दा बढि जमिनमा सालिक बनाएर पार्क निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७६ मा पचालझरनाको १५ लाख र कर्णाली प्रदेश सरकारको २५ लाख गरी ४० लाख र श्रमदान १५ लाख गरी ५५ लाखमा १३ जना जनयुद्धका सहिदहरुको सालिक बनाउने काम सम्पन्न भएको पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिए । सेजुवालका अनुसार चालु वर्ष सहिदपार्कलाई थप व्यवस्थित गर्न गाउँपालिका जिम्मेबार भएर लागिपर्ने बताए । उनले अहिलेको परिर्बतनको मुख्य हिस्सा सहिदहरुको सम्झनामा गाउँपालिकाले कुनैपनि कसुर बाँकि नराख्ने बताए  ।

जिल्लामा सबैभन्दा पहिलो पटक जनयुद्धका सहिदहरुको सम्झनामा पार्क बनाउने पचालझरना गाउँपालिका रहेको छ । जिल्लाकै नमुना पार्कका रूपमा रहेकाे सहिदपार्कमा वडा नं १ देखि ९ सम्मका जनयुद्धमा शहादत गर्ने १ जना सहिदहरुको परिचय खुल्ने विवरण सहितको सालिक बनाइएको छ । पछिल्लो भागमा १२ जना सहिदहरुको अर्धकदमा क्रमस वडा नं १ देखि शुरु गरिएको छ भने अघिल्लो भागमा हर्ष बहादुर शाही (प्रभात)को पूर्ण सालिक बनाइएको छ ।

पचालझरना गाउँपालिकामा ४६ जना सहिदहरु रहेका छन । पचालझरना गाउँपालिकाको वडा न ९ स्थित भुराबगरमा ३ विगाह भन्दा ठुलो जमिनमा व्यवस्थित सौचालय,सहिद पार्कको नजिक प्रतिक्षालय र बारिह पट्टि १ दशमलव ८० फिट अग्लो सिमेन्टको पर्खाल र त्यस माथि जालि लगाइ व्यवस्थित गरिएको सहिद पार्क कंणाली करिडोरको काखमा रहेको छ ।

आगन्तुक तथा पर्यटकहरुले एक पटक हेरेर जानै पर्ने मनमोहक पर्यटकिय क्षेत्रका रुपमा रहेको सहिद पार्कको काखमा कंर्णाली नदिकाे किनारमा बनेकाे पार्क पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बन्ने दाबी गरिएको छ ।   त्यसको नजिकमा पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षा रहेको छ । पचालझरना गाउँपालिकामा नेपालको ३ सय ८१ मिटर अग्लो पचालझरना प्रवेश गर्ने लाफा गाउँ पर्दछ । 

सालिक बनाइएका सहिदहरु वडा न १ पदम खड्का (संजय)वडा न। २ जिवन वि क(जिवन) वडा नं ३) विरवल) वडा न ४ कुम्भ बोगटी वडा न ५ सोषित वडा न ६ मातृका वडा न ७ हरियालि वडा न ८ लालिगुरांस वडा न ९ कुशल वडा न ९ विना शाही वडा न ९पंख बहादुर शाहीवडा न। ९केशव वडा न हर्ष बहादुर शाही प्रभातकाे रहेकाे छ ।