कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
प्रकासित मिति : २०७७ भाद्र ११, बिहीबार १३:०२
प्रकासित समय : १३:०२
नेपालगन्ज, बाँके कोभिड-१९ काेराेना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ कि ७० बर्षिय महिला रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
केही दिनअघि फोक्सोमा निमोनिया देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी महिलाको पिसिआर चेक गर्दा पोजेटिभ देखिएसंगै भेन्टिलेटेर सहितको उपचारको लागि राखिएको थियो ।
उनको उपचारको क्रममै निधन भएको बताइएको छ । योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।