गण्डकीमा सेना, प्रहरी र गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित
पोखरा, गण्डकी प्रदेशमा थप २५ जना कोरोना भाइरससंक्रमित भएका छन ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा विभिन्न ५ जिल्लाका व्यक्तिहरु कोरोना संक्रमित भएका हुन ।
संक्रमित हुनेहरुमा पर्वतका १, बाग्लुङका ८, लमजुङका ४, तनहुँका ९ र नवलपरासी ९बर्दघाट सूस्ता पूर्वका ३ जना रहेका छन् । जसमा ५ जना महिला रहेका छन् ।संक्रमितमध्ये पर्बत जिल्ला, जलजला गाउँपालिकाका ३६ वर्षिय पुरुष हालै भारतबाट आएका हुन् । यस्तै, बाग्लुङ १ का संक्रमित दुई पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने बाग्लुङ ८ का संक्रमित पनि भारतबाट आएका निर्देशनालयले जनाएको छ ।
यस्तै, लमजुङ जिल्ला बेसीशहरमा कार्यरत २ जना संक्रमित नेपाल आर्मीमा कार्यरत छन् भने १ जना पालिकामा कार्यरत कर्मचारी रहेका छन् ।संक्रमित सबैलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।