अब १२ मिनेटमै कोरोना परीक्षणको नतिजा

काठमाडौं, बेलायतको लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परीक्षण गर्न सकिने टेस्ट किट बनाएको छ। स्वास्थ्य उपकरण बनाउने लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबी गरिएको छ।

अहिले स्व़ाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा यो टेस्ट किटले १२ मिनेटमा नै नतिजा दिने दाबी गरिएको छ। यस टेस्ट किटलाई अमेरिकाको फेडरल ड्रग्स एड्मिनिस्ट्रेसनले अनुमति दिइसकेको छ भने युरोपमा भने अनुमतिको अन्तिम चरणमा रहेको बताइएको छ। यसलाई स–साना क्लिनिक र मोबाइल टेस्टमा समेत सजिलै प्रयोग गर्न सकिने बताइएको छ।

स्कटल्याण्डले लुमिराडीएक्ससँग ५ लाख परिक्षणका लागि ३ सय टेस्ट किट मेशिनको सम्झौता गरेको छ। लुमिराडीएक्सक प्रमुख कार्यकारी अधिकृत रोन जवानजिगरले यस टेस्ट किटको नतिजा छिटो मात्र आउने नभएर नतिजा भरपर्दो समेत रहेको बताएका छन्। उनले यसको आधारमा संक्रमितको उपचार छिटो हुने र अन्यलाई संक्रमण सर्नेक्रम पनि रोक्न सहयोगी हुने बताएका छन्।