बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र ११, बिहीबार ११:५०
प्रकासित समय : ११:५०
भैरहवा– बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिला छिन्।उनलाई साउन ३१ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो।
२६ गते कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिइन्।स्वास्थ्य अवस्था गम्भीर बनेपछि चार दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनको उपचारका क्रममा निधन भएको गौतमले बताए।कोरोना संक्रणबाट सोही अस्पतालमा उपचाररत कपिलवस्तु तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो।