सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवक पक्राउ
रौतहट, रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप कुमार साहलाई २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरेको सशस्त्रका एसपी सुुर्यबहादुर सेन ओलीले जानकारी दिएका छन् ।
बिआर ३० एन ९५८० नम्बरको मोटरसाईकलमा भारतीय क्षेत्रबाट प्रवेश गर्दा गस्ती टोलीलाई शंका लागेर ईशनाथ ९ लवतना गाँउनजिक आज बिहान सवा ७ बजे चेकजाँच गर्दा उक्त रकम बरामद भएको एसपी ओलीले जानकारी दिए ।बरामद रकम समेत दिलिप कुमार साहलाई जिल्ला भन्सार कार्यालय गौरमा बुुझाउने तयारी भईरहेको एसपी ओलीले जानकारी दिएका छन् ।सशस्त्र प्रहरी ११ नम्बर गण हेक्वा मातहतका ईकाईहरुले यस आर्थिक बर्षको मात्र डेढ महिनाको अवधिमा ठूलो मात्रामा अबैध सामान बरामद गरेको छ ।
साउनदेखि हालसम्म भारतबाट अबैध रुपमा भित्रयाउन खाजेको १ करोड, ५३ लाख, ३७ हजार १ सय १० रुपैयाँ बराबरको बिभिन्न सामान बरामद गरेको छ ।त्यसैगरी, यसै अवधिमा ३६लाख,४७ हजार,६सय ९० रुपैया नगद,तस्करीमा प्रयोग भएको २ थान ट्क, १४ मोटरसमईकल, १५ चौपाया, ५७ क्युविफिट सालको काठ र तस्करीमा संलग्न १८ जनालाई पक्राउ गरेर कानुनको दायरामा ल्याएको सशस्त्र प्रहरी रौतहटको तथ्यांकमा उलेख रहेको छ ।