पाटन अस्पतालमा कोरोनाबाट थप एक महिलाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र ११, बिहीबार १०:४९
प्रकासित समय : १०:४९
ललितपुर, कोरोना संक्रमणबाट ललितपुरस्थित पाटन अस्पतालमा विहानै थप एक जना महिलाकको मृत्यु भएको छ ।कोरोना संक्रमणका कारण आज बिहीबार बिहान ललितपुरकै ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ । उनको शव अहिले नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।