पोखरामा ३२ वर्षीया एक कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र ११, बिहीबार १०:०५
प्रकासित समय : १०:०५
पोखरा,पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ।
पोखरा ११ निवासी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे ज्यान गएको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।
ती महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आइसियुमा उपचार भइरहेको थियो। प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गुमाउने उनी पाँचौं हुन्।