चितवनमा थप २६ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ११, बिहीबार १०:१५
प्रकासित समय : १०:१५
चितवन, चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका २० र अन्य जिल्लाका ६ जना छन् ।
संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ८ पुरुष र ८ महिला र रत्ननगर नगरपालिकाका तीन जना पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ । यस्तै अन्य संक्रमित हुनेमा नवलपुर जिल्लाका तीन, सर्लाहीका दुई जना र तनहुँका एक जना छन् ।
संक्रमित सबैको स्वाब अस्पतालको स्वाब संकलन केन्द्रबाट लिइएको हो । प्रयोगशालामा १५५ जनाको कोरोना परीक्षण गरिएकोमध्ये १२९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।