कोरोनाबाट पर्सामा थप २ जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र ११, बिहीबार ०९:२८
प्रकासित समय : ०९:२८
वीरगन्ज,पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साकाे नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिला र पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
३३ हप्ताको गर्भवती रहेकी महिलाको आज (बिहीबार) बिहान नारायणी अस्पताल पर्सामा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
उनका अनुसार गर्भवती उनेको हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको भने हिजो (बुधबार) साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डाक्टर चौरासियाका अनुसार उनी भदौ ८ गते अस्पताल भर्ना भएका थिए ।