काठमाडौंमा थपिए २७० जना कोरोना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा आज (बिहीबार) ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका जना, ललितपुरका ४१ जना र भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको हो।

केही दिनयता उपत्यकामा दैनिक सय जनाभन्दा बढी संक्रमित थपिइरहेका छन्। हिजो बुधबार काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना गरी ३०२ जनामा संक्रमण पुष्टि भएको थियो।

मंगलबार काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी सोमबार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो।