कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि

सुर्खेत- कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाडौंका ३ जना, सुर्खेत, बाँके र जाजरकोटका २–२ जना तथा भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक र सल्यानका १–१ जनामा कोरोना पुष्टि भएको छ। आज थपिएका सँगै कर्णाली प्रदेशमा कुल सांक्रमितको संख्या २ हजार ३४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना संक्रमणमुक्त भएर जम्मा ६ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कर्णाली प्रदेशबाट २ हजार २५ जना कोरोना संक्रमणमुक्त भएका छन्।