थपिए एक हजार १११ कोरोना संक्रमित ,५६९ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ भाद्र ११, बिहीबार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसहित नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर नमुना परीक्षण गरिएमा १ हजार १११ जनामा संक्रमण पुष्टि भएकाे हाे।
हाल देशमा सक्रिय संक्रमितको संख्या १५ हजार २७३ छ। जसमध्ये ९ हजार ६३ जना संस्थागत आइसोलेसनमा र ६ हजार २१० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २० हजार ७३ छ।