दाङको गढवामा ७२१ पर्ने मललाई २४ सयमा बिक्री गर्ने तीन जना पसले पक्राउ
दाङ , दाङकाे गढवामा बढी मूल्यमा मल बिक्रि गर्ने तीन जना पक्राउ परेका छन् । रासायनिक मलका बिक्रेताहरुले बढी मूल्यमा मल बिक्रि गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त टोलीले अनुगमन गर्दा तीन जना पक्राउ परेका हुन् ।
गढवा गाउँपालिकाको बजार क्षेत्रमा रासायनिक मल बिक्रि गर्ने गढवा गाउँपालिका वडा नम्बर ५ का सुनिल पोखरेल, वडा नम्बर ६ का राजकुमार गुप्ता र युबराज पाण्डेले पक्राउ परेको प्रहरी नायब उपरिक्षक सुमित खड्काले जानकारी दिए
उनीहरुले संचालन गरेको पसलबाट प्रति बोरा ७२१ पर्ने युरिया मल उपभोक्तालाई २४ सयका दरले बेचेको आरोपमा तीन जना पक्राउ परेका हुन् । उपभोक्ताहरुलाई ठगेको, कालो बजारी गरेकाले उनीहरुमाथि मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।