ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु, ५ को अबस्था गम्भीर
दार्चुला, दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–१ रातापानीमा बुधबार दिउँसो १ बजे ट्याक्टर दुर्घटना भएको हो। मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको ईलाका प्रहरी कार्यालय लटिनाथका ईन्चार्ज एवं प्रहरी निरीक्षक कमलबहादुर बिष्टले जानकारी दिए।
त्यस्तै दु’र्घ’टनामा परी मार्मा गाउँपालिका–१ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विरसिह लोथ्याल घाइते भएको प्रहरी निरीक्षक बिष्टले बताए।
घा’इते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट चामल र मानीस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से४क ४०४७ नम्बरको ट्याक्टर रातापानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो। ट्याक्टर चालक कमल लामालाई नियन्त्रणमा लिएर घ’टनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।