भेन्टिलेटरमा उपचाररत कैलालीका कोरोना संक्रमित पुरूषको मृत्यु

धनगढी, सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। कैलाली जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुषमा फोक्सो र कजेलोसम्बन्धी समस्या थियो । मृतकको अन्तिम संस्कारका लागि नेपाली सेनालाई खबर गरिएको अस्पतालले जनाएको छ ।