सेती प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १०, बुधबार १४:३७
प्रकासित समय : १४:३७
कैलाली, सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ । कोरोनाको सङ्क्रमण पुष्टि भइ सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका ११ का ४५ वर्षीय पुरुषको ज्यान गएको हो ।
फोक्सो र कलेजोसम्बन्धी रोगका बिरामी पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको उनले बताए ।