सुदूरपश्चिममा थप १७ जनामा कारोना पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना परीक्षण गरिएका मध्ये १७ मा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा डडेलधुरा आलिताल गाउँपालिकाका १, अजयमेरु गाँउपालिकाका १, कञ्चनपुर बेलौरी नगरपालिकाका २ छन् । त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकाका १ र गोदावरी नगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रशाद भुषालले  जानकारी दिए ।