पर्सामा थप १९ जनामा कोरोना संक्रमण

पर्सा, पर्सामा तीन महिलासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। संक्रमित हुनेमा पर्सागढी नगरपालिका–४ का १२ जना छन्।

यसैगरी धोबनी गाउँपालिका–३ का एक तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ४, ५, ९, १५, १६ र २२ का एकएक जना संक्रमित थपिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । पर्सामा अहिलेसम्म ४३९ महिलासहित १९ सय ९८ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन्।