कोहलपुर शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
काेहलपुर, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षे पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् । बिरामीको दुवै फोक्सोमा निमोनिया भएको नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालले जनाएको छ।
बिरामी भएर नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका उनलाई हिजोबाट शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
८ गते अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना परीक्षण गरिएको र हिजो दिउँसो ३ बजे कोरोना पोजेटिभको रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
उनको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।