कोरोना अपडेटः विश्वभर दुई करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु

पेरिस, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

पछिल्लो चौबीस घण्टामा दुई लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत छन्।