काठमाडौंमा कोरोनाबाट थप एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १०, बुधबार ०९:१२
प्रकासित समय : ०९:१२
काठमाडौं,ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।
गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनी अन्य रोगबाट ग्रसित थिए की थिएनन् भन्ने विषयमा अस्पतालले केहि खुलाएको छैन् । सोमबार राति मात्रै काठमाडौंका एक नेताको काेराेनाका कारण मृत्यु भएको थियो । नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका वडा नं२१ कार्यसमिति सभापति गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु भएको हो ।
पाटन अस्पतालमा मात्रै कोरोनाबाट करिब एक दर्जन ब्यक्तिले ज्यान गुमाएका छन् । काठमाडौंमा ज्यान गुमाउनेको संख्या २ दर्जन नाघेको छ ।