कर्णालीमा थपिए ६ संक्रमित , १२ डिस्चार्ज
प्रकासित मिति : २०७७ भाद्र १०, बुधबार १५:४२
प्रकासित समय : १५:४२
सुर्खेत- कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४, भक्तपुरका १ र एकजना भारतीयमा कोरोना पुष्टि भएको हो। यो सँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ३१९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएका १२ सहित संक्रमणमुक्त हुनेको कुल संख्या २० हजार १९ पुगेको छ।