एकैदिन थपिए बाँकेमा ७३ जना कोरोना संक्रमित
बाँके, बाँकेमा बुधवार ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २२ र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना भाइरस संक्रमित थपिएका हुन् ।
बुधवार थपिएका अधिकांश संक्रमित नेपाली सेनाका छन् । बुधवार थपिएका संक्रमितमा पाँच महिला र ६८ पुरुष छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरीमा गरिएको परीक्षणमा भेरी अस्पतालका एकजना डाक्टर, नेपाल टेलिकमका कर्मचारीदेखि स्वास्थ्यकर्मीसमेत परेका छन् । नेपाल टेलिकमका ८ जना, पुरैना स्वास्थ्य चौकीका एकजना, माछापुच्छ्र्रे्र बैंकका दुईजनामा भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज वडा नं।
१० का दुईजना, वडा नं. ७, ८, ११ र १३ का एकएक जनामा भाइरस देखिएको छ । त्यस्तै नरैनापुर गाउँपालिका ५ का एकजना, कोहलपुर नगरपालिका- ११ का एक, खजुरा गाउँपालिका-३ का एकजनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।